काठमाडौं–मुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ । आगामी साउन पहिलो सातादेखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो ।


ADVERTISEMENT


महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रदूषण बढाउने धेरै कारणमध्ये सवारी पनि मुख्य कारकका रूपमा रहेको पुष्टि भएकाले प्रदूषण न्यूनीकरण गर्न यस्तो तयारी अघि बढाइएको विभागका निर्देशक प्रेमकुमार सिंहले जानकारी दिएका छन् ।

‘भएको व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने तयारी गरिएको हो, सवारी प्रदूषण परीक्षणका लागि पर्याप्त उपकरण नभएकाले थप ४० वटा उपकरण ल्याउने तयारी गरिएको छ।’ –उनले बताए ।

सिंहका अनुसार २० वटा ग्यास एनालाइजर (पेट्रोलबाट गुड्ने सवारी) र स्मोक एनालाइजर (डिजेलबाट गुड्ने सवारीको) गुणस्तर परीक्षण गर्ने उपकरण जेठ पहिलो साताभित्र जापानबाट ल्याइँदै छ। उपत्यकाको वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा सुक्ष्म धूलोको मात्रा बढ्दोरूपमा रहेको र सुक्ष्म कण सवारीसाधनका कारण फैलिने गरेको वातावरण विभागको ठहर छ। – आजको नेपाल समाचारपत्रबाट