काठमाडौं–नेपालको संविधान बमोजिम दुरगामी सोचसहितको योजना तर्जुमा एवं कार्यान्वयन गर्ने जनाउँदै सरकारले २८ फागुनमा राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गर्यो ।


ADVERTISEMENT


यो आदेश कार्यान्वयन गर्न आयोगले नै निर्देशिका, कर्याविधि, मापदण्ड र दिग्दर्शन लागु गर्नुपर्छ ।


ADVERTISEMENT

# # #


तर, फागुन ६ गतै नै अघिल्लो सरकारले नियुक्त गरेका पदाधिकारीले राजीनामा दिएपछि नयाँ सरकाले हालसम्म आयोगलाई पुर्णता नदिँदा आदेश कार्यान्वयन नै सुरु भएको छैन ।

आगामी आर्थिक बर्ष २०७५, ७६ का लागि संघीय बजेट तर्जुमाको काममा निकै व्यस्त हुनुपर्ने आयोग पदाधिकारीविहिन हुँदा बजेट छलफल नै प्रभावित भएको छ । – आजको कारोवारबाट