काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा  ४५ घटेर २ हजार ५ सय ५० रुपैयाँमा किनबेच हुँदैछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६ सय ७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।