काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाइल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ।


ADVERTISEMENT


यो सेवा नेपाली बैंकिङ क्षेत्रमा एक नविनतम प्रविधिको प्रयोग मानिएको छ, जसले ग्राहकहरूलाई थप सुरक्षित र डिजिटल अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।


ADVERTISEMENT

# # #


बैंकका ग्राहकहरूले नजिकको शाखामा उपस्थित भई आवश्यक फारम भरेपछि आफ्नो मोबाइल बैंकिङ एपमा यो सेवा सुचारु गर्न सक्नेछन्। भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी फोनपे नेटवर्कभित्रका कुनै पनि क्युआर कोडमा सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

यस सेवामा ग्राहकहरूले न्यूनतम १० हजार देखि अधिकतम १ लाखसम्मको क्रेडिट सीमा प्राप्त गर्न सक्नेछन्। साथै, प्रयोग गरिएको क्रेडिट रकमको ४५ दिनसम्म बिना ब्याज भुक्तानी गर्न सकिने सुविधा पनि प्रदान गरिएको छ। ग्राहकहरूले आफ्नो सुविधाअनुसार १० प्रतिशत वा १ सय प्रतिशत रकम तिर्ने विकल्पसमेत चयन गर्न सक्नेछन्।

बैंकले यो सेवा पूर्णरूपमा भर्चुअल (डिजिटल) रूपमा मात्र उपलब्ध गराएको छ, जसले फिजिकल कार्ड बोक्नुपर्ने झन्झट हटाउनेछ र डिजिटल ट्रान्जेक्सनलाई थप प्रवर्द्धन गर्नेछ।