हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको खर्च कटौतीको ‘एक्सन’ सुरु गरेका छन् ।


ADVERTISEMENT


देशभर भएको जेन–जी आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारले विभिन्न सरकारी निकायको खर्च कटौतीको निर्णय गरेसँगै मुख्यमन्त्री बानियाँले पनि सोही अनुसार एक्सन सुरु गर्ने भएका हुन् । त्यसका लागि मुख्यमन्त्री बानियाँले बागमती प्रदेश मन्त्री र कर्मचारीलाई आवश्यक निर्देशन समेत दिइसकेका छन् ।


ADVERTISEMENT

# # #


पहिलो सुधार आफूबाटै गर्नुपर्छ भन्ने मान्यता अनुरुप मुख्यमन्त्री बानियाँले यसअघि मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने शंखघोष गरेका थिए । सोही उद्घोषलाई परिणाममा लाग्ने गरी मुख्यमन्त्री बानियाँ अघि बढेका हुन् ।

उनले आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहीता सहित काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यसअघि उनले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा बापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्दै आएका छन् ।

उनले भने, ‘जनमुखी, सेवामुखी, न्यायमुखी आयमुखी र विकासमुखी सरकारको तर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहने छ । त्यसको प्रक्रिया हामीले पहिलो क्याबिनेटबाटै सुरु गरिसकेको छौँ ।’

मुख्यमन्त्री बानियाँ विपन्न नागरिकलाई घर बनाएर दशैँमा हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेका छन् ।