काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


शुक्रबार सार्वजनिक गरिएको नजिता अनुसार ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएको बोर्डका महाशाखा प्रमुख जयन्ती सत्यालले जानकारी दिएका छन् । जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।


ADVERTISEMENT

# # #


नियमिततर्फ यस वर्ष तीन लाख ३२ हजार दुई सय ४१ र आंशिकतर्फ ८५ हजार नौ सय २९ गरी कूल चार लाख १८ हजार एक सय ७९ परीक्षार्थी परीक्षामा सहभागीको भएको उनले  बताएका छन् ।

त्यसैगरी नियमिततर्फ दुई लाख ३१ हजार सात सय ७० र आंशिकतर्फ ३६ हजार चार सय २० जना गरी कूल दुई लाख ६८ हजार एक सय ९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।