ललितपर प्रहरी परिसरका एसएसपी अधिकारीको ८ महिनामै सरुवा, काबिल प्रहरीको मनोबलमाथि प्रहार !


ADVERTISEMENT


काठमाडौँ – ललितपर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम कृष्ण अधिकारीलाई ८ महिनामै सरुवा गरिएको छ । गृह मन्त्रालयले प्रधान कार्यालयको सिफारिसमा एसएसपी अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सुरुवा गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरी नेतृत्वलाई समान्यतः १ वर्षसम्म सरुवा नगरिने प्रावधान विपरित गएर गह मन्त्रालयले अधिकारीलाई प्रधान कार्यालय तानेपछि आलोचना सुरु भएको छ । उत्कृष्ट कार्य सम्पादन भएका प्रहरीलाई अवधि नपुग्दै एक वर्षमै सरुवा गर्दा प्रहरीमा अस्थिरता र गलत नजिर बस्ने भन्दै सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

एसएसपी अधिकारीले ८ महिना अघि मात्रै ललितपुर प्रहरी परिसरको नेतृत्व पाएका थिए । छोटो अवधिमै परिसरमा उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गरेका एसएसपी अधिकारीले ललितपुरमा शान्ति सुरक्षा र अमनचयनमा उत्कृष्ट कार्य गरेका थिए ।

भर्खरै देशभर भएको जेन–जी आन्दोलनमा प्रहरी कार्यालयहरु धवस्त हुँदा आफ्नो कौशलता प्रस्तुत गर्दै ललितपुर प्रहरी परिसर जोगाएपछि उनको प्रशंसा चुलिएको थियो । साथै आन्दोलनका क्रममा देशभर ठूलो भौतिक क्षति हुँदा ललितपुरमा भने क्षति कम गर्न एसएसपी अधिकारीसहितको टोली परिपक्वतासहित उत्कृष्ट कार्य प्रस्तुत गरेको थियो ।

यसरी जटिल परिस्थितिमा प्रहरीको नेतृत्व गरेको र प्रहरीको मनोबल बनाउँदै उत्कष्ट कार्यसम्पादन प्रस्तुत गरेका एसएसपी अधिकारीको सरुवाले प्रहरी वृत्तमा असन्तुष्टि सुरु भएको छ । ‘उत्कृष्ट कार्यसम्पादन प्रस्तुत गर्दा पुरस्कृत गरिनुपर्नेमा यसरी बिना कारण सरुवा गर्दा यसले संठनमा राम्रो गर्दैन ।’ एक अधिकारीले भने, ‘यसले अहिलेको कठिन परिस्थितिमा हाम्रो प्रहरी कर्मचारीकै मनोबलमा क्षति पुर्याउँछ ।’

राज्य कमजोर भएको बेलामा प्रहरीको बेलामा नेतृत्व परिवर्तन गर्दा अवस्था थप संवेदनशीलता निम्त्याउने जोखिम रहेको उनको भनाई छ ।