काठमाडौँ – सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाएको छ ।
जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले आयोगको सिफारिस अनुसार सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण रोक लगाएको हो ।
यस्तै सरकारले छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा उनीहरु आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने समेत व्यवस्था गरेको छ ।
गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागी ७५ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।




























































