काठमाडौं–कर्णाली प्रदेश सरकारले चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा मुगुको रारा तालछेउमा शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले तत्काल हिल्सामा भन्सार कार्यालय स्थापना गरी काम अघि बढाउने निर्णय गरेको हो । सरकारले डोल्पाको मोरिङ्ला र मुगुको नाङ्चे नाका पनि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


कर्णालीमा पर्यटन विकासका लागि कालिकोटको नाग्मादेखि रारासम्मको कच्ची सडकलाई कालोपत्रे गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, कोहलपुर–सुर्खेत–हिल्सा सडकलाई अन्तर्राष्ट्रिय द्रुतमार्ग नामकरण दिई क्षमता वृद्धि गरिने भएको छ । केन्द्र सरकारसँग पहल गरी दैलेखको इन्धन उत्खनन प्रक्रिया अगाडि बढाउने र कर्णाली एकीकृत बस्ती विकास अभियान सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।