बर्दिबास–बिपि राजमार्ग अन्र्तगत सिन्धुलीको भिमानबाट महोत्तरीको बर्दिबास तर्फ आउदै गरेको ज १ ह २७७ नम्बरको भाँडाको ट्याम्पो शनिवार राती बर्दिबास ३ पाटुमा सडकबाट करीब १० मिटर तल खस्दा दुर्घटना ग्रस्त भएको छ ।


ADVERTISEMENT


दुर्घटनामा परी एकको मृत्यू र ३ घाइते भएका छन् । मृत्यू हुनेमा धनुषाको जनकपूर उप—महानगरपालिका—९ घर भएकी सारथी लामा रहेकी छन् । दुर्घटनापछि गम्भीर घाइते उनलाई उपचारकालागी बर्दिबासको जनसेवा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारकालागी लामालाई जनकपूर अञ्चल अस्पताल पुर्याईएको थियो ।


ADVERTISEMENT

# # #


अस्पतालमा उपचारका क्रममा गएराती उनको मृत्यू भएको बर्दिबास प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते हुनेमा जनकपूर उप—महानगरपालिका—१३ बस्ने वर्ष ५८ को अजय गुजराल,सोही ठाउमा बस्ने वर्ष ४० की मीना चौधरी र वर्ष ३५ का रित्तेश साह रहेका छन् । उनीहरुको उपचार बर्दिबासको जनसेवा अस्पतालमा भैरहेको छ ।

ट्याम्पोका चालका महोत्तरीको लोहारपट्टी नगरपालिका बस्ने वर्ष ३७ को राधे मण्डल फरार भएकाले उनको खोजी कार्य भैरहेको बताइएको छ ।