काठमाडौं– अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पुराएकोे छ । बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।


ADVERTISEMENT


यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।


ADVERTISEMENT

# # #


‘प्राथमिक उद्धारपछि बाढीग्रस्त क्षेत्रमा अहिले पनि राहत तथा उद्धार कार्य जारी छ,’ प्रहरी नायब उपरीक्षक सरोज राईले भने । उनका अनुसार जिल्लाभर बाढीले अत्यधिक क्षति पु¥याएको छ र विस्तृत विवरण संकलन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार प्रभावित परिवारलाई अस्थायी राहत शिविरमा राख्ने तयारी भइरहेको छ । उनले लगातारको वर्षाले जिल्लाभर विद्युत् आपूर्ति र सञ्चार सेवामा पनि अवरोध सिर्जना गरेको छ, जसले स्थानीयलाई थप समस्यामा पारेको बताए ।