काठमाडौं–रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका मेयर चढेको गाडी दुर्घटनामा परेको छ । चौरजहारी नगरपालिका–५ मा रहेको लहरेसिमल आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरणका लागि जाँदै गर्दा चौरजहारी–४, मेलैनाउलीमा गाडी दुर्घटनामा परेको हो ।


ADVERTISEMENT


नगरपालिकाको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन् । अन्य घाइते हुनेहरूमा चौरजहारी ३ का लोकेन्द्र परियार, वडा नम्बर ३ को कार्यालयका लेखापाल पार्वती न्यौपाने चौरजहारी २ का तेजबहादुर बटाला र वडा नम्बर ५ का भरत शर्मा रहेका छन् । अन्य दुईजनाको नाम भने खुलेको छैन ।

घाइतेहरूको चौरजहारीस्थ्ति मिसन अस्पतालमा उपचार भैरहेको छ ।