काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग सिधा कुरा गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी अधिकारीले उत्तर कोरियाली अधिकारीसँग दुबै देशका नेताबिचको भेटघाटलाई ऐतिहासिक बनाउने उद्देश्यसहित सिधा कुरा गरेको जानकारी दिए ।


ADVERTISEMENT


उनले भने, ‘हामीले निकै उच्च स्तरमा सिधा कुरा गरेका छौं ।’ उत्तर कोरियाली नेता किम जोंग उनसँगको भेटघाटका लागि पाँच स्थानमाथि बिचार गरिएको ट्रम्पले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति ट्रम्पले यसबारे जापानका प्रधानमन्त्री शिन्जो आबेको उपस्थितीमा भनेका हुन् जो उनलाई भेट्न फ्लोरिडा पुगेका थिए । जापान अमेरिकाको मुख्य सहयोगी र उत्तर कोरियाको छिमेकी हो ।

राष्ट्रपति ट्रम्पले पछिल्लो महिना अन्तर्राष्ट्रिय समुदायलाई त्यतिबेला अचम्मित गरिदिएका थिए जब उनले उत्तर कोरियाको तर्फबाट सिधा कुराकानीको निम्तोलाई स्विकार गरेका थिए ।

ट्रम्पले किमसँग जून महिना वा त्योभन्दा अघि नै भेटघाट हुनसक्ने जानकारी दिएका थिए ।