काठमाडौं–विभिन्न कार्याक्रममा अमेरिका पठाइदिने भन्दै करिब ३ सय भन्दा बढीलाई ठगी गर्ने महिला सशक्तिकरण नामक संस्थाकी अध्यक्ष सुधा बस्नेतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ३ सय भन्दा बढीबाट १० करिब करोड रूपैयाँ उठाएर ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।


ADVERTISEMENT


‘ओमेन्स ड्रिम्स व्यूटी एण्ड मल्टी सर्भिस’ नामको सामाजिक संस्थाको नाममा विभिन्न कार्यक्रम गर्दै आएको र पीडितलाई अमेरिका पठाईदिने भन्दै उनीहरूले प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रवक्ता थापाले जनाए । सोही कम्पनी मार्फत उनीहरुले विभिन्न महिला सम्बन्धी सामाजिक कार्यहरु गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


काठमाडौंको बालुटारमा कार्यालयनै खोलेर उनीहरुले विभिन्न कार्यक्रममा अमेरिका पठाईदिने भन्दै रकम उठाए पनि कागजमा भने सापटी लिएको देखाएको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार अहिले ६ जना पीडितहरू सम्पर्कमा आएको र अन्य पनि आउने क्रममै रहेका छन्। सोही मुद्दामा अन्य ब्यक्ति पक्राउ गर्न बाँकी रहेको प्रवक्ता थापाले जनाए।