रोल्पा–संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा २ मा बबिता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही १० हजारसमेत बुधबार हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


भर्ना गरिएका सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले सहयोग गरिएको बालकल्याण नमूना मावि, लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताएका छन् ।

उनीहरुलाई सो विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिन लागेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिएका छन् ।

मन्त्री पुनसँगै पूर्व सभामुख ओनसरी घर्ती मगर समेत भर्ना अभियान उद्घाटन कार्यक्रममा उपस्थित थिइन् ।