काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४५.३६ अंक घटेर २५५९.५९ विन्दुमा बन्दा भएको छ।


ADVERTISEMENT


आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक घटेको छ।


ADVERTISEMENT

# # #


नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को शेयरमूल्य ७.०९ प्रतिशत, १०% एनआईएमबी डिबेन्चर २०९० को ६.४८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.०३ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको ४.७६ प्रतिशतले शेयरमूल्य बढेको छ।

त्यसैगरी १०.२५% एसबीएल डिबेन्चर २०८३ को ४.०३ प्रतिशत, विन नेपाल लघुवित्तको ३.६७ प्रतिशत, ८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८ को २ प्रतिशत, गणपति लघुवित्तको १.९९ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को १.९८ प्रतिशत र ११% एलबीबीएल डिबेन्चर २०८९ को १.९३ प्रतिशतले शेयरमूल्य उचालिएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन यूनियन हाइड्रोपावर लिमिटेडको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ। आज  १३ वटै उपसमूहको परिसूचक घटेको छ।