काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारवाही नभए आफूहरु सडकमा आउने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धामीले जेनजी आन्दोलनप्रति आफूहरुको पनि एक्येवद्धता रहेपनि आन्दोलनका नाममा भएको आगजनी र तोडफोड गर्नेलाई कारवाही नभए आफूहरु सडकमा आउने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलनमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसको लागि उक्साउनेलाई कारवाहीको लागि आफूहरुले प्रहरीमा जाहेरी दिएको उनले बताए । भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरु पनि लागिरहेको बताउँदै धामीले सामाजिक संजालबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनले आपत्ति रहेको जिकिर गरे ।

जेनजी आन्दोलनको नाममा बिबादित व्यक्तिहरु सरकारमा पुगेको र उनिहरुले प्रतिरोधका आधारमा राज्यका संयन्त्र परिचालन गर्न खोजेको धामीले बताए ।