काठमाडौं– काँग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको संगठन इतिहासमै कमजोर अवस्थामा पुगेको बताएका छन् । नेविसंघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा नेता कोइरालाले यति कमजोर संगठन हुँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले आत्मसाथ गर्न नसक्नु लज्जास्पद भएको बताए ।


ADVERTISEMENT


‘केन्द्रमा मात्रै होइन, प्रदेशमा उपस्थिति अझ न्यून छ । अझै पनि लज्जास्पद हारलाई आत्मसात नगर्नु विडम्बना हो’, उनले भने ‘हामी हारेका छौं तर स्वीकार्न सकिएको छैन । समानुपातिक मत देखाएर हारेको होइन भनिन्छ ।’


ADVERTISEMENT

# # #


कोइरालाले सभापति तथा तत्कालिन प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिमा समेत पैसाको लेनदेन गरेको पुष्टि भएको दावी गरे । उनले केही व्यक्तिबाट पहिल्यै रकम लिइसकेपनि राजदूत बनाउन नसकेपछि फिर्ता समेत गरेको खुल्न आएको बताए ।

उनले सभापतिलाई हट्नुस् नभनेको भन्दै १४ औ महाधिवेशन माग मात्रै बताए । ‘एक व्यक्तिको लहडले काँग्रेसको यस्तो गति भएको हो, सभापतिलाई आफु अनुकुलको विधान संशोधन गर्न दिइदैन’ नेता कोइरालाले सुनाए ।

नेपाल भारतबीच भएको उच्च बाँध सम्झौताबारे काँग्रेस नवोलेको भन्दै उनले प्रश्न समेत गरे । प्रधानमन्त्री केपी ओलीलाई धर्म गुरुले गरेको सम्मानका विषयमा पनि काँग्रेसले प्रतिक्रिया नजनाएकोप्रति केन्द्रीय सदस्य कोइरालाले नेतृत्वको आलोचना गरे । उनले डा। युवराज खतिवडा योजना आयोगको उपाध्यक्ष भएदेखि नै आर्थिक अनुशासन भंग भएको भएको बताए ।

कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेबिसंघमा रहेको सिन्डिकेट अन्त्य गर्न माग गरे । कार्यक्रममा बोल्दै नेविसंघका पूर्व महामन्त्री उमेश जंग रायमाझीले नेबिसंघ हजुरबाबु संगठन भएको टिप्पणी गरे ।