काठमाडौँ – प्रहरीले अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहारसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नं–३ का २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका वडा नं–१ का ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् ।


ADVERTISEMENT


उनीहरुलाई बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्लाको तारकेश्वर नगरपालिका वडा–८ शिव मन्दिर चोकबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका उनीहरुबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार २ केजी र सालकको छालासहितको खपटा जस्तो देखिने आखेटोपहार २ थान बराम गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार
काठमाडौंमा बुझाईएको प्रहरीले जनाएको छ ।