• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नतिको पहिलो चरण अन्तिम चरणमा

अशोज २३, २०८२ |

कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नतिको पहिलो चरण अन्तिम चरणमा

768
SHARES
ShareTweet

काठमाडौँ – सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिएूका छन् । मन्त्री घिसिङले आज स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । साथै छ वटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । “पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । फ्लडलाइट राख्ने काम सकिएको छ,” मन्त्री घिसिङले भने, “नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघि पहिलो चरणको काम पूरा गरी झण्डै १२ हजार दर्शक अटाउन सक्ने गरी तयार हुनेछ ।”


ADVERTISEMENT

# # #


उनका अनुसार दोस्रो चरणको काम सम्पन्न भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ । “यो देशको महत्वपूर्ण क्रिकेट मैदान हो, अब दोस्रो र तेस्रो चरणको कामलाई पनि अगाडि बढाउने गरी डिजाइन सकिएको छ,” मन्त्री घिसिङले भने।

उनले परियोजनाको बजेट सुनिश्चिताका विषयमा समेत सरकार गम्भीर रहेको जनाउँदै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “राष्ट्रिय महत्वका खेललाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उनले भने, “मैदानको स्तरोन्नतिलाई सबैले महत्वका साथ हेर्नुभएको छ । समयमै काम सम्पन्न गरी छिटो हस्तान्तरण गर्न म निर्माण कम्पनीलाई पनि आग्रह गर्दछु ।”

मन्त्री घिसिङले ठेकेदार र सम्बन्धित निकायलाई कार्य तीव्र बनाउन आह्वान गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन दुई चरणमा काम भइरहेको जानरकारी दिए ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousइलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
Nextक्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

ताजा खबर

  • लगानीकर्ताका लागि सन सेक्युरिटिजको निःशुल्क १० दिने शेयर तालिम
  • नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएसमार्फत पठाउने सम्झौता
  • स्टार्टअप र फ्रिलान्सरका लागि मण्डिखाटारमा ‘वुल्फ अफिसेज’को प्रिमियम को–वर्किङ स्पेस
  • युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न, बोनस सेयर र नगद लाभांश पारित
  • आज राति महाभिडन्त: मेस्सीको अर्जेन्टिना कि केनको इङ्ग्ल्यान्ड?

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved