काठमाडौं – नेपालले टी–२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘द रोड अफ वर्ल्ड टी–२० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यो बाटोअनुसार २०२० को टी–विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ ।


ADVERTISEMENT

# # #


पहिलोः एसियन छनोट–समूह बी ।

दोस्रोः एसियन फाइनल छनोट ।

तेस्रोः विश्वकप छनोट ।

आईसीसीका अनुसार एसियाका १३ देशलाई दुई समूह बनाएर छुट्टाछुट्टै छनोट खेलाइनेछ । समूह एमा बहराइन, कुवेत, माल्दिभ्स, कतार, साउदी अरेबिया र यूएई छ । यो छनोट खेल आजबाट कुवेतमा सुरु भइसकेको छ ।

समूह बीमा नेपालसँगै भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्याण्ड छन् । यो समूहको छनोट खेल अक्टोबर ३ बाट १२ तारिखसम्म बाट मलेसियामा हुनेछ ।

दुबै समूहको शीर्ष ३–३ टोली एसियन फाइनल छनोटमा पुग्नेछन् । एसियन फाइनल छनोटको मिति तय भएको छैन । तर, यहाँबाट ६ देशमध्ये शीर्ष दुईले विश्वकप छनोट खेल्नेछन् ।

यसरी नै अफ्रिका र अमेरिका फाइनल छनोटबाट २–२ र युरोप र ईएपीबाट १–१ गरी कुल ८ टिम आउनेछन् ।

विश्वकप छनोटमा भने १४ टिम हुनेछन् । रिजनल छनोट चरण पार गर्दै आएका ८ टिम र साझै स्थान बनाएका ६ टिम हुनेछन् । सन् २०१६ को टी–२० विश्वकप खेलेका तर, टी–२० र्‍याङकिङको शीर्ष १० मा नपरेका ६ सिटले विश्वकप छनोट सोझै स्थान बनाउनेछन् ।

विश्वकप छनोटबाट ६ टिमले २०२० मा अष्ट्रेलिया हुने टी२० विश्वकपमा स्थान बनाउनेछन् ।