काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध ५० रन पूरा गरेको छ ।
ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले ७.१ ओभरको समाप्तीमा बिना विकेटको क्षतिमा ५० रन पूरा गरेको हो ।
नेपालको इनिङ ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले सम्हालिरहेका छन् । त्यसक्रममा आशिफले २१ बलमा १ छक्का र ३ चौकाको मदतमा रन र कुशल भुर्तेलले २२ बलमा २ चौका र १ छक्काको मदतमा २२ रन बनाएका छन् ।
९ राष्ट्र सहभागी दुई प्रमुख र कडा टोली मानिएका नेपाल र युएईबीचको यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धी मानिएको छ । आजको खेल जित्ने टोलीले विश्वमपमा स्थान बनाउनुका साथै प्रतियोगिताको उपाधि समेत जित्न सक्ने सम्भावना प्रबल रहेकाले दुबै टोलीका लागि यो खेल अति महत्वपूर्ण छ ।



























































