काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध विकेट गुमाएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको हो । त्यसक्रमम उनले २६ बलमा २ चौका र २ छक्काको मदतमा २८ रन बनाए ।


ADVERTISEMENT

# # #


अहिले आशिफ शेख र रोहित पौडेलले नेपालको इनिङ सम्हालिरहेका छन् । त्यसक्रमा आशिफले आशिफले २१ बलमा १ छक्का र ३ चौकाको मदतमा रन बनाएका छन् भने रोहितले २ बलमा १ रन बनाएका छन् । ताजा अवस्थामा नेपालले ९ ओभरको समाप्तीमा एह विकेट गुमाएर ६५ रन बनाएको छ ।

९ राष्ट्र सहभागी दुई प्रमुख र कडा टोली मानिएका नेपाल र युएईबीचको यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धी मानिएको छ । आजको खेल जित्ने टोलीले विश्वमपमा स्थान बनाउनुका साथै प्रतियोगिताको उपाधि समेत जित्न सक्ने सम्भावना प्रबल रहेकाले दुबै टोलीका लागि यो खेल अति महत्वपूर्ण छ ।