काठमाडौँ – प्रतिनिधिसभाको पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई इलेक्ट्रिक सिग्रेट (भेप) भित्र सुन तस्करी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको हो ।
भेपमा भने सुन लुकाएर ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो ।
यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ।



























































