काठमाडौं– नेपाल एसबिआई मर्चेन्ट बैंकको १०र्औ वार्षिक साधारणसभा प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न सम्पन्न भएको छ ।
उक्त सभाले कम्पनीको २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्यो ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक विवरणहरू पारित गरेको छ। साथै, शेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले कुल ५ करोड रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको रूपमा मेसर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स नियुक्त गरेको छ।



























































