काठमाडौं– एन आईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं, सुकेधारामा रहेको Mercure Hotel मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाका अनुसार यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट र आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।