काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री रविन्द्र अधिकारीले प्रयोग गर्ने गाडी पशुपति क्षेत्रको सवारी निशेधित क्षेत्रमा प्रवेश गरेको कुरालाई स्वीकार गरेको छ । मन्त्री अधिकारीको स्वकीय सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुरा स्वीकार गरेको हो ।


ADVERTISEMENT


मन्त्री अधिकारीका प्रेस संयोजक ध्रुव पोख्रेलद्वारा जारी विज्ञप्तिमा पानी परिरहेको बेला पशुपति क्षेत्रलाई मगन्ते निशेधित क्षेत्र घोषणा गर्ने कार्यक्रममा सहभागी हुने क्रममा भूलबस गाडी सो क्षेत्रमा प्रवेश गरेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


मन्त्री अधिकारी कार्यक्रममा सहभागी भएको चैत २० गते पानी परिरहेको र सोही दिन मन्त्रीको गाडी निशेधित क्षेत्रमा प्रवेश गरेकोप्रति मन्त्रालयले आफ्नो कमजोरी भएको समेत स्वीकार गरेको हो । विज्ञप्तिमा यस घटनालाई गम्भीरताका साथ लिँदै आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।