काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश पारित गर्न बोलायो साधारणसभा बोलाएको छ ।


ADVERTISEMENT


बैंकले आगामी कात्तिक २६ गते बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १९औं वार्षिक साधारणसभा गर्ने भएको छ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।


ADVERTISEMENT

# # #


बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। उक्त सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ।

साथै बैंकको प्रबन्धपत्र वा नियमावलीमा व्यवसायि उद्देश्यहरू भए थप गर्ने र सोमा नियमनकारी निकायबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि तय गरिएको छ।