काठमाडौं– मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ।
बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ। जसको १० प्रतिशत नगद बराबर १२ करोड १७ लाख १० हजार रुपैयाँ हुनेछ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।



























































