काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल भएको छ ।
पछिल्ला राजनीतिक विषयमा कुराकानी हुनुका साथै जेन–जीका माग सम्बोधनको विषय र सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । छलफलमा विभिन्न मन्त्री, सरकारीलगायतको सहभागिता थियो ।
बैठकमा जेनजीका प्रतिनिधिहरु मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थियो ।



























































