काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बैठक आज बिहान सवा ९ बजे बसेको थियो, जसले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश वितरणको निर्णय गरेको हो।


ADVERTISEMENT


बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकले यस निर्णयलाई नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि हुने आगामी वार्षिक साधारण सभाले यो प्रस्ताव अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ।


ADVERTISEMENT

# # #


यसले वित्तीय सूचांकहरू सुदृढ बनाउँदै निरन्तर शेयरधनीलाई प्रतिफल दिने रणनीति अनुरूप अघि बढ्दै आएको छ। यस निर्णयबाट शेयरधनीहरूमा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ।