चैनपुर–बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो । यसपालि मर्नेमा उनी पहिलो हुन् ।


ADVERTISEMENT


आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् । घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल छ ।


ADVERTISEMENT

# # #


यार्सा टिप्ने सिजनमा बर्सेनि २/४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसक्यो । – आजको अन्नपूर्ण पोस्टबाट