काठमाडौं–उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन् । जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन हिजोदेखि नै रसुवामा छन् ।


ADVERTISEMENT


मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरेका छन् । आजै उनले साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने छन् ।


ADVERTISEMENT

# # #


मन्त्री पुनले हिजो नै त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तिब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन दिएका छन् ।

सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नलिइ परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिए । यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उनले निरीक्षण गरे ।