बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बुटवलस्थित प्रदेश ५ को संसद भवनमा प्रदेशसभा बैठकलाई सम्वोधन गरेका छन् ।


ADVERTISEMENT


धानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्वोधन गरेको यो पहिलो हो । अब क्रमशः अन्य प्रदेशसभालाई पनि प्रधानमन्त्रीले यसैगरी सम्वोधन कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सम्वोधन एक घण्टाभन्दा लामो थियो । यसक्रममा उनले भैरहवा विमानस्थल, बुटवल धागो कारखाना आदि विषयहरु उठान गर्दै प्रदेशका विशिष्ट समस्यालाई उल्लेख गर्ने प्रयास गरे ।

आफ्ना अन्य भाषणहरुमा जस्तै प्रधानमन्त्रीले अब कोही पनि गरीब रहन सक्दैन, सबै वालवालिका स्कुल नजाने अवस्थाको अन्त्य हुन्छ र विकासले तीव्र गति लिन्छ भन्ने कुराहरु गरे । नेपालको वैभवका बारेमा बताए ।

प्रधानमन्त्री ओलीले हाल प्रदेशहरुले भोग्नुपररहेका समस्यालाई पनि सम्वोधन गरे । नयाँ घर बनाउँदा समस्या हुने बताउँदै अहिलेको समस्या पनि त्यस्तै भएको प्रधानमन्त्रीले विश्लेषण गरे । आफ्नो सरकार पुरानो मानसिकताको सरकार होइन भन्दै ओलीले सबै प्रदेशहरुलाई सक्षम बनाएर मात्रै संघ बलियो हुने स्पष्ट पारे । साथै प्रदेश, नगरपालिका र गाउँपालिका लगायत सबै तहलाई बलियो पार्नुपर्ने प्रधानमन्त्रीले बताए ।

देशमा बढिरहेको व्यापारघाटाप्रति प्रधानमन्त्रीले चिन्ता प्रकट गरे । साथै रुग्ण उद्योगहरु सरकारले सञ्चार गर्ने उनले बताए ।

प्रदेश ५ बारे प्रधानमन्त्रीले के-के भने ?

निर्धारित समयभन्दा ढेड घण्टा ढीलो शुरु संसद बैठकमा एक घण्टा ४ मिनेट बोलेका प्रधानमन्त्रीले प्रदेश नंं ५ विश्वकै लागि प्रेरणाको स्रोत बन्न सक्ने बताए ।

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि मात्र नभई बुद्ध र अन्य ऋषिमुनिको तपोभूमि र ज्ञानभूमि समेत यो प्रदेश भएकाले विश्वकै लागि शान्ति र ज्ञानको प्रेरणाको स्रोत बन्न सक्ने प्रधानमन्त्रीले बताए ।

‘प्रदेश ५ को लुम्बिनीमा बुद्धमात्रै जन्मिएनन्, बुद्धवाद पनि जन्मियो’ प्रधानमन्त्री ओलीले भने, ‘यो बुद्धभूमि, ज्ञानभूमि, ऋषिमुनिको तपोभूमि रहेको धार्मिक,सास्कृतिक, पर्यटकीय महत्वको थलो हो, यो प्रदेश नेपालका लागि मात्र हैन विश्वकै लागि प्रेरणाको स्रोत, अनुकरणीय र पवित्र गन्तव्यस्थल हो ।’

प्रधानमन्त्री ओलीले प्रदेश ५ मा धार्मिक,सांस्कृतिक र पर्यटकीय संभावना मात्र नभई सुस्तादेखि राजापुरसम्मको उर्बर खेतीयोग्य भूमि, पहाडदेखि तराईसम्मको हावापानी र भौगोलिक बनोट, भारतसँग भन्सार नाकाहरु जोडिएको क्षेत्र पनि भएकाले विकास र समृद्धिमा पनि अघि जान सक्ने औंल्याए । ‘प्रदेश ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिन्छ, मैले तपाईहरु (प्रदेश सांसद० को चेहरामा देखिरहेको छु’ प्रधानमन्त्री ओलीले भने, ‘अब भैरहवा विमानस्थलबाट विमानहरु उड्न थालेपछि यहाँको विकास र समृद्धिले गति लिन्छ ।’

लुम्बिनीमा पाँच हजार जना क्षमताको अन्तर्राष्ट्रिय सभा हल बन्न लागेको र तीन हजार अट्ने अस्थायी सभा हल ३७ दिनमै बनिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यो प्रदेश ५ लाई उपहार भएको बताए ।

यो सरकार जनताबाट फूल ब्याट्रीचार्ज भएको सरकार हो । त्यसकारण यो फिलीफिली, झिलीझली गर्दैन । यो पूरा ताकतका साथ अगाडि बढ्छ, किनभने जनताले जनताका निम्ति काम गर्न यसलाई अधिकार दिएको छ । आजको सरकारसँग कर्तव्यमात्रै होइन, जनताले अधिकार पनि दिएका छन् ।

तपाईहरु (प्रदेश सांसद) का काँधमा अभिभारा मात्रै होइन, अधिकार पनि छ । हामी एउटा नयाँ प्रणालीमा छौं । तपाईहरुलाई चाहिएको कानुन पुगेको छैन । कर्मचारी पुगेको छैन । बजेट भनेजस्तो आएको छैन । योजना तर्जुमा हुन पाएको छैन । साधन स्रोतको अपर्याप्तता छ । यी कुराहरु अवश्य छन् ।

तर, हामी भर्खरभर्खर बनाउँदै छौं । एउटा घर भर्खर बनाउँदैछौंं भने घर बनाएर सरिसकियो, पंखा फिट भएको हुँदैन । झ्याल त बनाइयो, पर्दा हाल्न भ्याएको हुँदैन । नयाँ हुँदाखेरि यस्तो हुन्छ ।

अहिलेको यो संघीय सरकार पुरानो मानसिकताको संघीय सरकार होइन । आफ्ना प्रदेशहरुलाई कसरी सफल र प्रभावकारी बनाउने यो संघीय सरकारलाई थाहा छ

तर, म तपाईहरुलाई भन्न चाहन्छु, अहिलेको यो संघीय सरकार पुरानो मानसिकताको संघीय सरकार होइन । आफ्ना प्रदेशहरुलाई कसरी सफल र प्रभावकारी बनाउने यो संघीय सरकारलाई थाहा छ । प्रदेश गरीब भयो र पछाडि पर्‍यो भने संघचाहिँ कहाँबाट बन्ने रु यी सम्पन्न, विकसित र बलिया भएर यिनले तरक्की गरेर नै देशमा तरक्की आउने हो ।

त्यसकारण प्रदेशलाई बलियो बनाउनुपर्छ भन्ने संघीय सरकारलाई राम्रोसँग थाहा छ । संघीय सरकारका तर्फबाट यहाँहरुलाई पुर्‍याउनुपर्ने सहयोग अवश्य नै पुर्‍याइने छ ।

यो कुरा संविधानका अनुसूचीहरुमा भएको मात्रै कुरा होइन । हामी दफा र धारा पल्टाएर मुद्दा लड्ने पक्ष विपक्ष होइनौं । हामी भावनात्मक रुपमा एकजुट भएर अगाडि बढेका छौं । त्यसकारण यहाँको काम यहाँहरुले गर्नुहुन्छ, अर्को प्रदेशको काम अर्को प्रदेशले गर्छ, नगरपालिकाको काम नगरपालिकाले गर्छ, गाउँपालिकाको काम गाउँपालिकाले गर्छ । सबै तहहरु सक्षम हुनुपर्दछ । त्यतापट्टियो सरकारको ध्यान रहनेछ ।

हाम्रो देशमा असमानता थियो, असमानता छ । हिजो अन्यायपूर्ण ढंगले विभेद थियो । संवैधानिक कानुनी र व्यवहारिक ढंगले हामीले त्यसलाई अस्वीकार गरेका छौं । असमानता एकैचोटि हटाउन सकिहाल्ने होइन, हामीले बाटो लिएका छौं ।

अब नेपालमा जाडोले कठांग्रिएर मान्छे मर्न पाउँदैनन् । त्यसको व्यवस्थाका गर्नका लागि नै सरकार छ । र, म प्रधानमन्त्री भएको कसैलाई जाडेले कठांग्रिएर मर्न नदिनका लागि

तराईमा एक महिना जाडो हुन्छ, अनि यति मान्छे चिसोले कठांग्रिएर मरे भन्ने सुनिन्छ । त्यस स्थितिमा हामी छौं । अब नेपालमा जाडोले कठांग्रिएर मान्छे मर्न पाउँदैनन् । त्यसको व्यवस्थाका गर्नका लागि नै सरकार छ । र, म प्रधानमन्त्री भएको कसैलाई जाडेले कठांग्रिएर मर्न नदिनका लागि ।

रुग्ण उद्योगहरु छन् । हामीसँग आफ्नो धागो पनि छैन, कपडा पनि छैन । टोपी यहाँ बनेको होला, तर धागो अन्तैबाट आएको छ । कोट यहाँ सिलाएको होला, तर मेसिन पनि अन्तैबाट आएको छ, धागो पनि अन्तैबाट आएको छ । हामी यस अवस्थामा छौं ।

यस अवस्थालाई फेर्नका लागि कपास उद्योग, रेसम उद्योग आदि हामी सुचारु गर्छौं । हेडौडामा हामीसँग टेक्सटायल उद्योग छ । बन्द छ । हामीसँग छालाजुत्ता कारखाना थियो । स्वाहा पारियो । भृकुटी कागज कारखाना थियो । स्वाहा पारियो ।

हाम्रो व्यापार घाटा भनिनसक्नुको छ । ७ प्रतिशत र ९३ प्रतिशत भनेको असन्तुलनमात्रै भनिन्छ र ? मैले अस्ति भारतमा बोल्दाखेरि त्यही नै भनें, तपाई हाम्रा वीचको व्यापार घाटा भनेको असन्तुलनमात्रै होइन, बर्बाद छ । असन्तुलन भनेको त ५५/४५। ४०/६० वा ७०/३० लाई भन्न सकिन्छ त, ९५ र ५ प्रतिशतलाई पनि असन्तुलन भन्न मिल्छ ? यो त सन्तुलनको कुरै भएन । तराजु नै मिलेन । यसलाई मानिरहन सकिँदैन ।

सिन्डिकेट तोड्न खोज्दा निकै प्रतिरोध हुन खोज्यो । म भन्न चाहन्छु, अनुचित कुरासँग यस सरकारले कुनै सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ । मैले धेरै ठाउँमा भनेको छु, म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्न ।

अब हामी एग्रो फेरेष्ट्रीमा जान्छौं । जंगल लगाउँछौं । आँप बगैंचा लगाइदियो भने जंगलै जंगल भो, फलफूल पनि भयो । लिची लगाइदियो भने भयो नि ।

मसलाका रुख लगाउँदा ५० वर्षपछि जमीन वञ्जर बनाइदिन्छ, अनि त्यसले दिने अक्सिजन कति हुन्छ ? त्यसकारण नचाहिने कुराहरु भन्दा उत्पादनमूलक, रोजगारीमूलक, रोजगारीमूलक जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हुनुपर्छ ।

सिन्डिकेट तोड्न खोज्दा निकै प्रतिरोध हुन खोज्यो । म भन्न चाहन्छु, अनुचित कुरासँग यस सरकारले कुनै सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ । मैले धेरै

ठाउँमा भनेको छु, म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्न । बहुत क्यिर छ । भ्रष्टाचारको मामिलामा अनुहारतिर हेर्दिनँ, को पर्छ भन्ने कुरा । कसैकसैलाई लाग्न सक्छ, बढी निर्मम भयो कि ? निर्मम नै हुने हो ।

कानूनको राजबाहेक सेटिङमा गर्ने, ठेकदारलाई अनुचित बल प्रयोग गरेर दिने, घुस र कमिसनबाट राज्यलाई घाटा पार्ने यस्ता सप्पै कुराहरु नियन्त्रण गरिन्छ । सुशासन हाम्रो उद्देश्य हो । विना सुशासन विकास गर्न सकिँदैन, त्यसकारण यसमा ध्यान कडाइका साथ हुन्छ ।

यसो भनिरहँदा एउटा भ्रम पर्न सक्छ । राज्य कडा हुने प्रश्न आउँछ, सरकार शासन गर्नका लागि होइन, सेवा गर्नका लागि हो । जनतालाई तर्साउँदैन, रक्षकको भूमिका खेल्छ । चार जना असामाजिक तत्वले समाज हल्लाउने, अर्थतन्त्र हल्लाउने, त्यो हुन सक्दैन । जनताको सेवाका लागि, देशको सेवाका लागि ।