काठमाडौं– प्याराग्लाइडिङमा पारखीहरुले अब काठमाडौं नजिकै अब त्यसको मज्जा लिन पाउने भएका छन् । उपत्यकासँगै जोडिएको काभ्रेमा शनिबारदेखि प्याराग्लाइडिङ सुरु भएको हो ।
काभ्रेको पनौती नगरपालिका–२ गुर्दुमडाँडाबाट प्याराग्लाईडिङ उडान सुरु भएपछि आन्तरिक तथा बाहिरी पर्यटकहरुको घुइँचो लाग्ने अनुमान गरिएको छ ।


ADVERTISEMENT


तस्विरमा प्याराग्लाइडिङ् गरिरहँदा पनौती नगरपालिका अन्तर्गत पर्ने कुशादेवी क्षेत्र र त्यस वरिपरिका गाउँहरुको रोमाञ्चक दृष्य समेत देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


तस्विरः रासस