सिन्धुपाल्चोक– राष्ट्रपति विद्या भण्डारीले स्थानीय जनताको मागलाई सम्बोधन हुनेगरी विद्यालय तहको पाठयक्रम निर्माण गर्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारी युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको अवसर सृजना हुनेगरी शैक्षिक जनशक्ति निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गरिन् ।


ADVERTISEMENT


आईतबार एसओएस बालग्रामले निर्माण गरिदिएको सिन्धुपाल्चोकको भिमटारस्थित भीमेश्वर माध्यामिक विद्यालय भवन उद्घाटन गर्दै उनले विकासको मूल आधारको रुपमा रहेको शिक्षाको माध्यामबाट समाजमा रहेका सबैखालको विकृतिहरु अन्त्य गर्नुपर्नेमा पनि जोड दिइन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षादिक्षामा एसओसएस बालग्रामले पु¥याउँदै आएको योगदानको पनि प्रशंशा गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकारले सुन्दर र विकसित राष्ट्र निर्माण गर्ने अभियानलाई अघि बढाएको दावी गरे । उनले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीलाई आधुनिक सहर बनाउने आश्वासन पनि दिए ।

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले निजी आवास निर्माणका लागि दिने सरकारी अनुदानलाई सहज बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूकम्पपछिको पुनःनिर्माणका लागि दिने सहुलियतपूर्ण ऋण लिने प्रक्रियालाई सहज बनाउने पनि बताए ।

एसओसएस बालग्रामले भूकम्पको विनाशपछि सिन्धुपाल्चोकको भिमटारमा १ सय ७७ वटा नयाँ घर पनि निर्माण गरि दिएको छ ।