काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीले सोमबार बिहान मायादेवी मन्दिर दर्शन गरेका हुन् ।


ADVERTISEMENT


उनले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको स्मरण गराए ।


ADVERTISEMENT

# # #


‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्,’ बुद्ध जयन्तीको शुभकामना सन्देश दिँदै भनेका छन् ।

सन्देशमा गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएकाले उनीप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

शान्तिद्विपबाट करिब दुई किलोमिटरको दूरीमा रहेको कार्यक्रमस्थलमा प्रधानमन्त्री ओली पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान साढे आठ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।