काठमाडौं–कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा (आइपिएल) मा आइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ। घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै प्राप्त गरेको थियो ।


ADVERTISEMENT


कोलकाताको जितमा अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नटआउट ६२ रनको योगदान दिए । उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । दिनेश कार्तिकले २३ तथा उपकप्तान रोबिन उथप्पाले ३६ रन बनाए। सुनिल नाराइनले २७ रन जोडेका थिए । बेंगलोरका मुर्गन आश्विन र मोहमद सिराजले २–२ विकेट बाँडे पनि त्यो जितका लागि पर्याप्त रहे न।


ADVERTISEMENT

# # #


यसअघि पहिलो ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो । उसका लागि कप्तान विराट कोहलीले नटआउट ६८ रन जोडेपछि बेंगलोर बलियो योगफलतर्फ अग्रसर भएको थियो । ४४ बल खेलेका कोहलीले ५ चौका र ३ छक्का प्रहार गरे । ओपनर ब्रेन्डन मक्कुलमले ३८ र क्विनटन डेककले २९ रन जोडेका थिए। मन्दिप सिंहले १९ र कोलिन डे ग्रान्डहोमले नटआउट ११ रन बनाए ।

कोलकाताका लागि आन्द्रे रसेलले ३ र कुलदिप यादवले १ विकेट लिए । यो जितसँगै कोलकाता ८ अंकसहित लिगकको चौथो स्थानमा उक्लिएको छ। पराजित बैंलोर ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। आज दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स खेल्नेछन्।

७ खेलबाट १० अंक बनाएको चेन्नई रनरेटको आधारमा दोस्रो स्थानमा छ भने समान खेलबाट ४ अंक जोडेको दिल्ली पुछारमा छ।