काठमाडौं–आज बस्ने भनेको कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ ।


ADVERTISEMENT

# # #


अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले आज पदाधिकारी मनोनित गर्ने तयारी गरेका थिए । तर सभापतिले सहमति नगरी बहुमतीय प्रकृयामा जान खोजेको भन्दै पौडेल पक्षले असहमति जनाउँदै आएको छ ।