काठमाडौं– आसन्न स्थानीय तहकमो निर्वाचनका लागि नेकपा (एमाले)ले आइतबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। घोषणापत्र सार्वजनिक गर्नको लागि एमालेले पार्टी कार्यालय धुम्बाराहीमा तीन बजेको लागि कार्यक्रम राखेको छ ।


ADVERTISEMENT


एमालेको तयार घोषणापत्रमा युवालाई रोजगारी दिनेदेखि महत्वाकांक्षी योजनाहरु पनि समावेश गरिएको बताइएको छ । एमालेले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने पनि उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


साथै मुलुकको आर्थिक विकाशका साथै रेल, ऊर्जा लगायत अन्य पूर्वाधार विकाशका विषयलाई पनि स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको एमालेको घोषणापत्रमा उल्लेख गरेको छ ।