काठमाडौं– गायब भएको भनिएको ३३ किलो सुन र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा एसएसपी दिवेश लोहनीसहित २९ जनालाई बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । मुद्दामा फरार रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त मानिएको छ ।


ADVERTISEMENT


फरार रहेकासहित ६३ जनाविरूद्द मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका र फरार रहेकाहरुलाई सरकारी वकिलको कार्यालयमार्फत् अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । २९ जना पक्राउ परेका र अन्य ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।सुन तस्करका मुख्य नाइके मानिएका फरार मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

यस्तै, पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाललगायत १३ जनालाई प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते भित्रिएको भनिएको ३३ किलो सुन प्रकरणमै जोडिएर फागुन १८ मा मोरङका सनम शाक्यको हत्या भएको थियो । त्यसपछि प्रहरी हिरासतमै प्रेमनारायण चौधरीले आत्महत्या गरेका थिए ।

मुद्दा दर्ता भएपछि के हुन्छ ?
अदालतमा मुद्दा दर्ता भइसकेपछि जिल्ला न्यायाधिशले पक्राउ परेका सबैको बयान सुन्छन् । बयान लिन कति दिन लाग्छ भन्ने टुङ्गो हुँदैन । पक्राउ परेका सबैको बयान सुनिसकेपछि न्यायाधिशसँग ३ वटा विकल्प हुन्छ ।

पहिलो विकल्प भनेको पुर्पक्षका लागि जेल चलान हो । दोस्रो धरौटीमा रिहा र तेस्रो भनेको साधारण तारेखमा रिहा गर्ने हो । सबै व्यक्ति धरौटीमा रिहा हुन्छन् भन्ने हुँदैन । सरकारी अधिकारीहरु साधारण तारेखमा रिहा भएमा उनीहरुमाथिको निलम्बन फुकुवा हुन्छ भने उनीहरु नियमित कामकाजमा फर्किन सक्ने अवस्था रहन्छ ।

यी हुन् पक्राउ परेका २८ जना 

प्रहरी अधिकारीहरु

पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्का

विमानस्थलका कर्मचारीहरु

थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारु

व्यापारीहरु

भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य

सनम शाक्य हत्याका प्रतिवादी

मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमार

फरार प्रतिवादी

चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, गोरेका भाइ रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायत

यो पनि पढ्नुस्

३३ किलो सुन प्रकरणमा तानिँदै एकपछि अर्को, एसएसपी दिवेश लोहनी पनि पक्राउ

३३ किलो सुन तस्करी प्रकरणः अनसुन्धान सकियो, समातिए अर्का डीएसपी

३३ किलो सुन प्रकरणः सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्शन’