नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा चुनिएपछि संगठनमा अहिले नेतृत्व खाली भएको छ । दुई वर्षको कार्यकाल लगभग पूरा गरेर संसद भवनको यात्रा तय गरेकी नवीना लामाले लिखित रुपमा राजीनामा नदिएपनि अहिले कार्यबाहक अध्यक्षले संगठन चलाइरहेका छन् । अनेरास्ववियुले नयाँ नेतृत्वको चयनका लागि महाधिवेशनको तयारीको तयारी गरिरहँदा अबको नेतृत्व कसले गर्छ भनेर यतिबेला चर्चा हुन थालेको छ । त्यही चर्चाकाबीच  संगठनका वर्तमान महासचिव ऐन महरको पनि नाम सुनिन थालेको छ । संगठनको उपाध्यक्ष र महासचिव भइसकेका महरले आफूमा नेतृत्वको आकांक्षा हुँदाहुँदै पनि यस अघि नवीना लामालाई समर्थन गरेर अध्यक्ष बन्ने बाटो खुला गरिदिएका थिए । नयाँ नेतृत्वको तयारी भइरहँदा महरको र संगठनको तयारी र भावी योजनाका बारेमा हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


अनेरास्वियुको महाचिव पदमा हुनुहुन्छ ।  केमा छ आजकाल व्यस्तता ? 


ADVERTISEMENT

# # #


हामीले अहिले दुई/तीनवटा कुरामा शसक्त अभियान चलाईरहेका छौँ । पहिलो कुरा हाम्रो माग र आवश्याकता संग जोडिएको छ । त्यो भनेको एउटा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने कुरा र अर्को नेपाल सरकारले चलाएको भर्ना अभियानलाई समेत हामीले साथ दिइरहेका छौँ । तेस्रो कुरा निजी विद्यालयले गरिरहेको शुल्क वृद्धिविरुद्धको आन्दोलन पनि हामीले चलाइरहेका छौँ । अर्को कुरा शैक्षिक प्रमाणपत्रका आधारमा विद्यार्थीलाई ऋण दिने दुई वर्ष अगाडीको सरकारले गरेको निर्णय कार्यान्वयनको पाटोलाई पनि हामी उठाउँदैछौँ । अब बजेट आउँदैछ । त्यसमा शिक्षा क्षेत्रमा सम्पूर्ण बजेटको २० प्रतिशत बजेट छुट्याउनु पर्छ भनेर हामी सरकारसंग माग गरिरहेका छौँ ।

दोस्रो भनेको हाम्रो संगठनको पुर्नगठन गर्नुपर्ने कुरा छ । यो विलम्ब भइराखेको छ । फागुनमा नै सकिनु पर्ने थियो तर बैशाख जानलाग्दा सम्म पनि हामीले त्यो गर्न सकेका छैनौँ । त्यसो भएको हुनाले अब चाँडोभन्दा चाँडो संगठनको पुर्नगठन गरेर नयाँ नेतृत्व चयन गर्ने कुरामा छलफल गर्न केन्द्रित छौँ । त्यस्तै अन्य कामहरु भइराखेका छन् ।

नयाँ नेतृत्वको टुंगो कसरी लाग्दैछ ?

हाम्रो दुई वर्षको कार्यावधि पूरा भएर अध्यक्ष सांसद भइसकेको अवस्थामा अब नयाँ नेतृत्व आउनु पर्ने स्वभाविक नै हो । अब हामी सम्पूर्ण नेतृत्व पुनर्गठन गर्ने पक्षमा छौँ । किनभने एउटा कार्यकालको कार्यावधी सकिसकेको छ । त्यस कारण अब नेतृत्व मात्रै परिवर्तन गर्ने कुरा होइन । समग्र केन्द्रिय कमिटी नै पुनर्गठन गरेर क्षमता र योग्यता पुगेका सबै साथीहरु अगाडी बढाउने र व्यवस्थापन गर्ने भन्ने कुरा हो । दोस्रो कुरा भनेको संगठनको अध्यक्ष सांसद बनेपछि विदा हुने निश्चित छ । फेरि उहाँले आफ्नो दुई वर्षे कार्यकाल पनि पूरा गरिसक्नु भएको छ । त्यसैले अब नयाँ नेतृत्व मात्रै होइन, पूरै टिम नै नयाँ आउँछ ।

अब नयाँ नेतृत्वमा को आउँछ भन्ने कुरा २२ औँ राष्ट्रिय महाधिवेशनदेखि नै थाहा भएको कुरा थियो । अघिल्लो कार्यकालमा उपाध्यक्ष थिएँ म । यस पटक महासचिव भएँ भन्नुको मतलब आगामी नेतृत्वका लागि पार्टी र सबैले आवश्यक ठानेर महाचिव बनाएको भन्नु कुरा सबैलाई जानकारी छँदैछ । यद्दपी उपाध्यक्ष वा महासचिवले नै प्रायजसो नेतृत्वको लागि आकांक्षा राख्ने भएकाले अरु साथीहरु पनि आकांक्षी हुनुहुन्छ । जुन स्वभाविक पनि हो । तर कुरा मेरो नेतृत्व सबै साथीहरुले स्वीकार्नुहुन्छ भन्ने कुरामा म आशावादी छु ।

तर यो बीचमा प्रतिस्पर्धा त कडा नै होला जस्तो छ । कसरी लिनु भएको छ यसलाई ?

यो त राजनीति हो । एउटा स्थापित भनाई ‘सास रहुञ्जेलसम्म आश’ भनेझैँ सबै आकांक्षी हुन्छन् । बाहिरी रुपमा नेता कार्यकर्ता र देशभरिकाले नै चिनुन भन्ने आशामा प्रचार प्रसार तीव्र भएको होला । तर आन्तरिक रुपमा त्यस्तो छैन । सबै साथीहरुले तपाई नै अध्यक्ष हुनुहुन्छ भनिरहनु भएको छ । त्यस कारण मलाई लाग्दैन कि प्रतिस्पर्धा कडा हुन्छ ।

नवीना लामापछाडी कार्यबाहकको रुपमा कसैलाई दिइएको छ । यसलाई तपाईले कसरी हेर्नु भएको छ ? किनकी जो कार्यबाहक छ यसैले नेतृत्वमा चयन हुने मौका पनि आउन सक्छ नि ?

यसमा मुलतः कार्यबाहक दिन हुन्थ्यो वा हुदैनथ्यो भन्ने एउटा विषय होला । तर अध्यक्षले खासगरी विवाहको बेलामा संगठनका नियमित काममा ध्यान दिन नसक्ने भएको हुनाले सजिलोको लागि दिनुभएको होला । अर्को कुरा कार्यबाहक त उपाध्याक्षले नै पाउने हो । कार्यबाहक अध्यक्ष हुँदैमा अध्यक्ष नै भइयो भन्ने कुरा आइरहेको छ । तर त्यस्तो होइन । नियमित काम नरोकिउन् भनेर केही दिनका लागि मात्रै दिइएको जिम्मेवारी हो । किनकी अध्यक्षले लिखित रुपमा राजीनामा दिनु नै भएको छैन । त्यस कारण सम्भवतः हामी यो महिनाभित्रै केन्द्रीय कमिटीको बैठक आह्वान गर्दैछौँ । त्यसले पुर्नगठनको प्रक्रिया अगाडी बढाउँछ । नयाँ नेतृत्वको निर्माण त्यहाँबाट हुन्छ ।

तर पनि आकांक्षी त धेरै छन् ।  नेतृत्व कसरी चयन हुन्छ ? सर्वसम्मतीले वा चुनाव गराएर ?

हो, मैँले अघि पनि भनेँ उपाध्यक्षहरु आकांक्षी छन् । यसलाई धेरै अन्यथा लिनुपनि हुँदैन । दोस्रो कुरा कसरी नेतृत्व आउँछ भन्दा केन्द्रीय कमिटीको बैठक आह्वान गरिन्छ । बैठकले सर्वसम्मत रुपमा पुनर्गठन गरेर नयाँ नेतृत्व ल्याउँछ । यसमा सर्वसम्मत हुनेमा कुनै विकल्प नै छैन । किनभने हाम्रा अगाडी पार्टी एकता हुँदैछ । माओवादीलाई समतेर संगै राखेर जानुपर्ने यो बेलामा संगठनको भित्री चुनाव गरेर कार्यकर्तालाई विभाजित गर्ने कुरा ठिक हुँदैन । नेतृत्वको आकांक्षी साथीहरु एक आपसमा छलफल गर्छौँ । नभए पार्टीको सम्वन्वयमा नेतृत्व चयन हुन्छ । पार्टी र संगठनलाई जसले बढी योगदान दिएको छ र भालिका दिनमा दिनसक्छ । त्यो हेरेर नै उपयुक्त व्यक्तिलाई सर्वसम्मत बनाउने हो ।

यसमा तपाईको आकांक्षाको आधार के हो ?

मसंग अरुभन्दा दुई तीन वटा आधारहरु बढी छन् । मैँले अघि पनि भनेँ पहिलो कुरा अघिल्लो कार्यकालमा उपाध्यक्ष भएर अहिले महासचिव छु । यसअघि उपाध्यक्ष भइसक्दा पनि ऐन महर महासचिवमा बस्नु भनेको भोलिको नेतृत्वका लागि हो भन्ने थियो । दोस्रो कुरा हामी जातीयता, क्षेत्रीयताको विरुद्धमा छौँ तर सामाजिक न्याय र समान अवसरको समान वितरणका पक्षमा त छौँ नि । अनेरास्ववियुले ५३ औँ स्थापना वर्ष मनाइरहँदा अहिलेसम्म अहिलेको ६ र ७ नम्बर प्रदेशबाट कसैले पनि अनेरास्ववियुको नेतृत्व गर्ने अवसर पाएका छैनन् । त्यही क्षेत्रको म पहिलो मानिस हुँ जो संगठनमा उपाध्यक्ष र महाचिवसम्म पुगेको छु । यस कारण पनि मेरो नेतृत्वमा दाबी हो ।

तेस्रो र महत्वपूर्ण आधार भनेको आधार भनेको आम विद्यार्थीको चाहाना हो । अनेरास्ववियुका कार्यकर्ताहरुको चाहाना हो । चौथो कुरा भनेको अहिलेको विद्यार्थी आन्दोलनलाई सशक्त ढंगले नेतृत्व गर्नसक्छ भन्ने कुराको सबैको विश्वास ममाथि छ । यी कारण र मेरो आत्मविश्वासले नै मैँले नेतृत्वमा दाबी गरिरहेको हो ।

नेतृत्वमा पुगिसकेपछि कर्तव्य र जिम्मेवारी बढ्दै जाँदा आफूलाई पनि त्यही अनुसार ढाल्न सक्नुपर्छ । त्यस कारण नेतृत्वको गह्रुंगोपनालाई कुन रुपमा लिनुभएको छ ?

हो, नेतृत्व प्रदान गर्ने र प्राप्त गर्ने कुरा सहज होइन । अघिल्लो पटक नै मैँले नेतृत्व प्राप्त गर्नुपर्ने हो । तर त्यो हुन सकेन । त्यसमा दुई तीनवटा कारणहरु छन् । पहिलो कुरा म कमजोर नभई जिम्मेवार बनेर पछाडी हटेको हुँ । त्यो बेला राष्ट्रिय राजनीति एकदमै अप्ठ्यारो अवस्थामा थियो । केपी ओलीको नेतृत्वमा सरकार बनेको थियो तर मुलुकमा नाकाबन्दी थियो । पार्टीभित्रै पनि नेतृत्वलाई कमजोर बनाउन प्रहार भइरहेको थियो ।

त्यस्तो अवस्थामा अनेरास्ववियुमा पनि महाधिवेशन हुँदै थियो । चुनाव हुने पक्का भएपछि दुई वटा पक्षहरु (ओली र नेपाल)बीच हुने भएको थियो । त्यो बेलामा अनेरास्ववियु देशव्यापी नेटवर्क भएको सशक्त संगठन भएकाले केपी ओलीसंग जोडिएको मानिस हार्ने कुरा राम्रो हुँदैनथ्यो । नवीना लामा र म त्यो टिमबाट प्रतिस्पर्धामा थियौँ । उहाँले आग्रह गरेपछि जो उठेपनि चुनाव जित्नुपर्छ भनेर म पछाडी हटेको हुँ । उहाँलाई जिताएर म अनेरास्ववियुबाट विदा भएर पार्टी राजनीतिमा जाने सोचमा थिएँ ।

तर नेतृत्वले अर्को कार्यकालमा नेतृत्व गर्नभनेपछि म महासचिव भएर बसेको हुँ । त्यस कारण यो कार्यकाल रोकिनुपर्ने स्थिति छैन । यसमा पार्टी नेतृत्वले पनि मलाई सद्भाव राख्छ जस्तो लाग्छ ।