काठमाडौं–यहि वैशाख अन्त्यमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास हुने भएको छ ।


ADVERTISEMENT


संखुवासभा जिल्लामा बन्न लागेको ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ । अरुणतेस्रोको निर्माण जिम्मा भारतीय कम्पनी सतलजले पाएको छ ।


ADVERTISEMENT

# # #


उक्त आयोजनाको शिलन्यास वैशाख २९ गते दुवै प्रधानमन्त्रीले रिमोट थिचेर गर्ने लगानी बोर्डका एक कर्मचारीले बताए । शिलन्यासको सम्पूर्ण तयारी सकिएको पनि उनले बताए । लगानी बोर्ड र सतलज कम्पनी दुवैले शिलन्यासको तयारी सकेर फर्किसकेका छन् ।

मोदी वैशाख २८ गते भारतको पटनाबाट जनकपुर आउँदै छन् । उनी नेपालमा २८ र २९ गते बस्ने छन् । २९ गते अरुण तेस्रोको शिलन्यास दुवै प्रधानमन्त्री संखुवासभाको फाक्सिन्डामा पुग्ने छन् ।