नवलपरासी–विवाहको अघिल्लो दिन घरबाट एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेलविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।


ADVERTISEMENT


गत माघ २२ मा छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी अघिल्लो रात एकाएक घरबाट बेपत्ता भएका थिए ।


ADVERTISEMENT

# # #


जन्ती हिँड्न १२ घण्टाअघि बेपत्ता भएपघि उनी अपहरणमा परेको शंका गरिएको थियो । आफन्त र प्रहरीले खोज्दै जाँदा उनी आफूखुसी हिँडेको र भारतको गोरखपुरमा बसेको पत्ता लागेको थियो ।

उनी गत मंगलबार आफैं गैंडाकोट प्रहरी कार्यालयमा आएका थिए । घटनाको ३ महिनापछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बुधबार जनाएको छ । – आजको कान्तिपुरबाट