काठमाडौँ– नेकपा एमाले निकट युवा संघ नेपालका उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज पर्शुराम बस्नेतले सिन्डिकेटका नाममा जनतालाई दुःख दिनेहरुलाई कारवाहीको दायरामा ल्याउनैपर्ने बताएका छन् ।


ADVERTISEMENT


देशको विकास र समृद्धिका लागि सहयोग गर्नुको सट्टा समाजमा अवरोध सिर्जना गर्ने जो सुकैलाई छाड्न नहुने उनले बताएका हुन् । ‘सिन्डिकेटका नाममा समृद्धिमा कोही बाधक बन्छ भने युवा संघ हातमा दही जमाएर बस्न सक्दैन’ उनले भने, ‘अनावश्यक जनतालाई दुःख दिने जो कोहीलाई यत्तिकै छाड्नु हुँदैन ।’


ADVERTISEMENT

# # #


देश र जनताको समृद्धिका लागि युवासंघ जस्तोसुकै लडाई पनि लड्न तयार रहेको उनको भनाई थियो ।

सिन्डकेटकोविरुद्ध सरकार लागेको भन्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले आज आफू मातहतका सम्पूर्ण सार्वजनिक यातायात बन्द गरेपछि देशभरका यात्रुहरु मारमा परेका छन् ।

गाडी सञ्चालनमा नल्याएका सम्पूर्ण यातायात व्यावसायीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले निदेशन दिएपछि यातायात व्यावसायी धमाधम पक्राउ पर्न थालेका छन् भने यातायात विभागले रुट परमिट खारेज गर्ने तयारी गरेको छ ।