काठमाडौँ– सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


शुक्रबार दिउँसो सिंहदरबारमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललगायत सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


बैठकले साविकका यातायात व्यवसायी महासंघ र पदाधिकारीको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले लिई सोको विवरण सम्पत्ति शुद्धिकरण विभागमा उपलब्धले गराउने र विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो।

त्यस्तै सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात व्यवसायी महासंघ र समितिको विवरण तयार पारी विभागले बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीको रूपमा व्यवसाय दर्ता गर्न कम्तिमा पाँच सवारी साधन हुनु पर्ने प्रावधान हटाइ एउटा सवारी पनि कम्पनीको रूपमा दर्ता हुने जानकारी गराएका थिए।

बैठकले बीमालगायत व्यवसायीका केही माग सम्बोधन गर्न सरकार तयार रहेको भए पनि सिन्डिकेट अन्त्य गर्नबाट भने पछि नहट्ने प्रतिवद्धता दोहोर्‍याएको छ।