गुलरिया–बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।


ADVERTISEMENT


दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


जिप दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त छन् । इलाका प्रहरी कार्यकाल बाँसगढीका अनुसार पछाडिको पांग्रा फुस्किएर जिप दुर्घटनामा परेको थियो ।