काठमाडौं–कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ।































































