काठमाडौं– बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । कारोबार हुने साताको पाँर्चौ दिन आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


























































