काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको निरिक्षण गरेका छन् ।
बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको निरिक्षण गर्दै क्षतिको बिबरण लिइएको थियो ।
त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसंग छलफल समेत गरेको थियो । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीका बारेमा चासो व्यक्त गरेकी थिइन् ।
यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरिक्षण गरिएको थियो भने पूर्वराष्ट्रपति डा रामवरण यादवसंग पनि भेटवार्ता गरेका थिए ।


























































